लायन्स डिष्ट्रिक ३२५ पी फोर्थ कन्भेसन बुटवलमा हुदै

  • बुटवल,२७ चैत । हामी सेवा गर्छौं’भन्ने मूल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय लायन्स क्लबहरुको डिष्ट्रिक ३२५ पी नेपालको फोर्थ कन्भेसन बुटवल अन्तराष्ट्यि सभा हलमा यही भोलि चैत २८ गते सनिबार हुदै छ । कन्भेसनले बर्ष २०२६/२०२७ को लागी नयाँ गर्भनर तथा प्रथम द्धितिय गर्भनरको लागी निर्वाचन र नयाँ कार्यसमीति चयन गर्ने छ । कन्भेसन को लायन्स इन्टरनेशनल डारेक्टर इन्डोस राजेन्द्र लम्साल को प्रमुख आतित्थ्यतामा तथा डिष्ट्रिक गभर्नर बालाराम भट्टराई को अध्यक्षता हुने भएको डिष्ट्रिक सचिव एमएल पाण्डेले जानकारी दिनुभयो । उक्त कार्यक्रममा लायन्स का नेताहरु, मल्टिपल चियर पर्सन, नि बर्तामान गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग,प्रथम भाइस ड्रिष्टिक गर्भनर सन्दीप कसौधन, द्वितीय भाइस डिष्ट्रिक गभर्नर मिना पन्थी, पूर्व गभर्नरहरु अर्जुनमान सैंजु, नवराज न्यौपाने,अरुण प्रताप राणा, सुनिल ओझा, अनुप पहारी, महेन्द्रनारायण श्रेष्ठ लगायतले सम्वोधन गर्ने रहेको डिष्ट्रिक सचिव पाण्डेले बताउनुभयो ।
    लायन्स क्लव हाल विश्वको २ सय १० भन्दा बढि राष्ट्रहरुमा बिस्तार भई विश्व को विभिन्न देश लगायत नेपालको विभिन्न क्षेत्रमा बिगत लामो समय देखि सामाजिक क्षेत्रमा निशुल्क कार्य गर्दै आइरहेको छ । जस्तैः बाढिपिडित, दैविप्रकोपमा आपतकालिन सहयोग प्रदान, नेपालमा विभिन्न अस्पतालहरु जस्तैः आँखा अस्पताल, प्रसुति अस्पताल, दन्त अस्पताल, स्वास्थ्य क्लिनिकहरु लगायत भुकम्प पछि विद्यालयहरुको बनाउदै आएको र यो वर्ष २०२५/२६ को मूल नारालाई अर्थात् ‘खुसी मन – सहयोगी हातहरू’ भन्ने आत्मसाथ गर्दै यो बर्ष समाजमा सेवा गरिरहेकोे गर्भनर भट्टराई बतानुभयो ।
    एरिया ४ को सयोजक चिफ प्रविना घिमिरेका अनुसार कार्यक्रममा नेपालका विभिन्न भाषा, सस्कृती, कौशल झल्कीने सास्कृतिक कार्यक्रम हुने बताउनुभयो ।
    लायन्स एरिया नम्बर ४ को आयोजनामा हुने कार्यक्रममा करिव १ हजार ५ सय भन्दा बढी लायन्स तथा लियोहरुको सहभागीता रहने आयोजकले जनाएका छन् । लायन्स डिष्ट्रिक ३२५ पी अन्तर्गत नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौसहितका १ सय ५७ वटा क्लबमा ४ हजार ६ सय ७ जना सदस्य छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation