रसुवा,१७ चैत। नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक रसुवागढी नाका १५ दिन बन्द हुने भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका अनुसार सडकका १० वटा अप्ठ्यारा ठाउँमा रिटेनिङ वाल लगाउन र सडकलाई दुई लेनमा विस्तार गर्न यातायात बन्द गर्न लागिएको जनाएको छ। प्रत्येक अंग्रेजी महिनाको १ देखि १५ तारिखसम्म ३ महिनासम्म को लागी सडक बन्द गरिनेछ । चीन सरकारको साढे ६ अर्ब रुपैयाँ अनुदानमा चिनियाँ कम्पनी ‘सिचाङ थियान्लु’ले यो १५।५ किलोमिटर सडकको स्तरोन्नति गर्ने जिम्मा पाएको छ ।












