रासपा उपसभापति प्रतिनिधि सभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको भक्तपुरस्थित गुण्डु निवासमा

  • काठमाडौ ,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद (डीपी) अर्याल, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उहाँको भक्तपुरस्थित गुण्डु निवासमा पुग्नुभएको छ।
    पितृशोकमा रहनुभएका ओलीलाई समवेदना व्यक्त गर्न उपसभापति अर्याल निवासमै पुग्नुभएको हो। सो अवसरमा उहाँले दिवंगत ओलीका पिता मोहन प्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
    साथै उहाँले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation