सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने

  • सुर्खेत,२८ फागुन । सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोले गर्ने भएको छ।
    सुर्खेत प्रहरीले पहिलो चरणको अनुसन्धान सकेर सीआईबीसँग सहयोग मागेको र टोली भोलि शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको छ।
    घटनामा संलग्न चार जना १८ वर्षमुनिका पक्राउ परेका छन् र पोस्टमार्टम रिपोर्टले जबरजस्ती करणीपछि मृत्यु भएको पुष्टि गरेको छ।
    प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी दिए । ‘हामीले घटनाको थप अनुसन्धानको लागि सीआईबीसँग सहयोग मागेका थियौं,’ डिएसपी बुढथापाले भने, ‘भोलीदेखि सीआईबीको टोलीले थप अनुसन्धान थाल्ने जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation