काठमाडौ,२४ फागुन । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा ११० सिटका लागि मतदाताले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलका लागि मत दिएका थिए। हालसम्म लगभग ५२ लाख आधा मतगणना सम्पन्न भएको छ। मतदानमा १ करोड ९ लाख मत खसेको थियो।
जारी मतगणना अनुसार रास्वपाले ४९ दशमलव १३ प्रतिशत मत प्राप्त गरेको छ।नेपाली कांग्रेसले १६ दशमलव ६१ प्रतिशत, नेकपा एमालेले १४ दशमलव २९ प्रतिशत, नेपाली कम्युनिष्ट पार्टीले ६ दशमलव ७९ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ दशमलव ५५ प्रतिशत मत प्राप्त गरेका छन्।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ दशमलव ६० प्रतिशत र जसपा नेपालले १ दशमलव २३ प्रतिशत मत ल्याएको छ।
प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत मत कटाउने दलले सिटमा भाग पाउँछन्। जारी मतगणनाअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपाले मात्र ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने देखिएको छ।












