काठमाडौँ–८ मा रास्वपाका विराजभक्त विजयी

  • काठमाडौं,२२ फागुन । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराएका हुन ।दोस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरे। त्यस्तै, नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मतमै चित्त बुझाउनुपर्‍यो। नेकपा (एमाले) का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाही दुवैले समान १ हजार ९ सय ९ मत प्राप्त गरे। उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाए छन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation