भारतको बिनु नदीको बाढीमा बेपत्ता नेपालीको खोजी कार्यलाई तीव्र बनाउन लुम्बिनीका मुख्यमन्त्रीको पहल

  • दाङ,२३साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकार समक्ष पहल गर्नु भएको छ ।

    घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कूटनीतिक माध्यममार्फत खोज तथा उद्धार कार्यमा थप गति ल्याउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गर्न आग्रह गर्नु भएको हो ।

    बुधबार बिहान उत्तराखण्ड राज्यको पौडी जिल्लाको वाकुडा क्षेत्रमा पर्ने बिनु नदीमा आएको बाढी र पहिरोका कारण बर्दिया जिल्लाका चार नेपाली नागरिक बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा मधुवन नगरपालिका–६ निवासी करिब ४० वर्षीय नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय छोरा रोमन खड्का तथा मधुवन नगरपालिका–५ की अमृता परियार रहनु भएको छ । उहाँहरू रोजगारीको सिलसिलामा उत्तराखण्ड पुग्नु भएको थियाे ।

    मुख्यमन्त्री आचार्यले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै बेपत्ताहरूको सकुशल उद्दारकाे कामना गर्नु भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation