काठमाडौं ,८ बैशाख ।गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएपछि विवादममा मुछिएका छन् । भट्टको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँबराबरको सेयर रहेको समाचार सार्वजनिक भएपछि भट्टसँग उनको ‘कनेक्सन’ खुलेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी भट्टसँग गृहमन्त्रीकै कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ । यो तथ्यसँगै गुरुङ विवादमा परेका छन् । यसै विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ ।











