सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते

  • सिरहा ,२७ फागुन। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ ।
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन् । बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ ।
    विस्फोटमा फर्ममा काम गर्ने सहयोगी सौरव यादवको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । सुतली बम विस्फोट भएको हुनसक्ने आशंका गरिएको उनले बताए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation