प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण

  • काठमाडौँ ,१९ फागुन। प्रधान सेनापति अशोकराज सिग्देलले काठमाडौं उपत्यकामा रहेको उपत्यका पृतनाको निरीक्षण गरेका छन्।
    मंगलबार नारायणहिटीस्थित उपत्यका पृतना भ्रमणका क्रममा प्रधानसेनापतिले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थासहित समग्र वस्तुस्थिति प्रतिवेदन प्राप्त गरेका थिए।
    निरीक्षणको क्रममा उनले निर्वाचन सुरक्षामा विशेष ध्यान दिन र आवश्यक व्यवस्थापन सुनिश्चित गर्न निर्देशन दिएका छन्। यसअघि सिग्देलले सेना कार्यक्षेत्रभित्रका अन्य सात पृतनाको निरीक्षण गरिसकेका छन्। नेपाल सेनामा उपत्यका पृतनासहित कुल आठ पृतना सञ्चालनमा रहेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation