भोजपुरमा चुनावी सुरक्षा अवस्थाबारे प्रधामन्त्रीलाई जानकारी गराइयो

  • भोजपुर,२९ माघ । प्रधानमन्त्री सुशीला कार्कीलाई भोजपुरको अवस्थाबारे सुरक्षा निकायले जानकारी गराएका छन् ।
    प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको सुरक्षा टोलीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र अवस्थाबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको हो । उच्च हिमाली क्षेत्रको अवस्था बुझ्ने क्रममा यहाँ पुग्नुभएका प्रधानमन्त्री कार्कीलाई निर्वाचनका लागि भइरहेको तयारी र अवस्थाबारे अवगत गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
    सोलुखुम्बूमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको मितिमा नै एकैचरणमा निर्वाचन हुने बताए।प्रधानमन्त्री कार्कीसँग प्रमुख जिल्ला अधिकारी पौडेल, जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहाल, चार वटै सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन अधिकारीलगायत टोलीले निर्वाचन र सुरक्षाका विषयमा छलफल गरेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation