वरिष्ठ अभिनेता सुनील थापाको निधन

  • काठमाडौँ ,२४ माघ। नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनील थापाको ६८ वर्षको उमेरमा निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो। चार दशकभन्दा लामो समय अभिनय, मोडलिङ र खेलकुद क्षेत्रमा सक्रिय रहनुभएका थापा ूराते काइलाूका नामले आम दर्शकमाझ अत्यन्त लोकप्रिय थिए। विशेषगरी चलचित्रमा ुखलनायकुको भूमिकालाई पनि नायक सरहको उचाइ र सम्मान दिलाउन उनको अतुलनीय योगदान रहेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation