प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

  • काठमाडौं,१४ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गरेका छन् ।
    प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
    राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्नु भयो । साथै नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकासलगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उहाँले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation