जनकपुर,१२ माघ। पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर पूजा(अर्चना गरेका छन् ।
आइतबार जनकपुर पुगेका पूर्वराजा शाहले सोमबार साँझ जानकी मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा सम्पन्न गरेका हुन् । मन्दिरमा उनलाई महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए । मन्दिर परिसरमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको समेत उपस्थिति रहेको थियो ।












