निर्वाचन आयोगद्वारा उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

  • काठमाडौँ ,१० माघ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार उम्मेदवारहरूले मनोनयन पत्रसँगै पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ।
    निर्देशिकाको दफा २२ (१) बमोजिम अनुसूची-१० अनुसार उम्मेदवारले बुझाएको वैयक्तिक विवरण तथा सोही दफाको उपदफा (३) अनुसार आयोगले ती विवरणहरू सार्वजनिक गरेको जानकारी दिएको हो।
    निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेकाले कानुनी व्यवस्थाअनुसार सबै सम्बन्धित उम्मेदवारहरूले पेश गरेका विवरणहरू आयोगको आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ। सार्वजनिक गरिएका उम्मेदवारका वैयक्तिक विवरणहरू निर्वाचन आयोगको आधिकारिक वेबसाइट https://result.election.gov.np मा उपलब्ध रहेको आयोगले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation