बाग्लुङ्ग बाटाकाचौर रुपन्देही सम्पर्क समाजद्धारा जेष्ठ नागरिक सम्मान

  • बुटवल, पुस । बाग्लुङ्ग बाटाकाचौर रुपन्देही सम्पर्क समाजले ७० बर्ष देखि माथिका ९० जना वयोवृद्धलाई सम्मान गरेको छ । विपी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देविदत्त सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बलबहादुर केसी, क्या. पूर्ण बहादुर खनाल, तेज बहादुर क्षेत्री, लगायतका रहेका थिए । यस्तै संस्थाका सल्लाहकार तथा जनप्रतिनिधी हरि सुवेदी, सल्लाहकार भिमसेन गौतम, ईन्द्र थापा, पूर्ण बहादुर पौडेल, कानूनी सल्लाहकार सृजना थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम गणेश क्षेत्रको संयोजकत्वमा भएको हो

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation