सशस्त्र प्रहरीका डीएसपी प्रकाश कोइरालाको मृत्यु

  • काठमाडौँ,१६ पुस । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । बुधबार साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका थिए ।लगत्तै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । एपीएफ अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
    कोइराला एक महिना अघिमात्रै इन्चार्ज भएर पशुपतिनगरमा सरुवा भएका थिए । चिकित्सकका अनुसार, उनलाई हृदयाघात भएको जनाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation