काठमाडौँ,२४ मंसिर। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि १६८ वटा मतदान स्थल थप गरेको छ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार आयोगले आइतबार १६८ वटा मतदान स्थल थप गर्ने निर्णय गरेको हो।
आयोगले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदान स्थल खारेज गरेको हो।
यसबाट साविकमा कायम १० हजार ८९२ मा ७५ वटा मतदान स्थल थपिएर अब देशभर १० हजार ९६७ मतदान स्थल कायम भएको हो।












