ट्राफिक प्रहरीलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालबाट १०५ पिस ‘नो पार्किङ’ बोर्ड

  • बुटवल, २० कार्तिक ।लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालले बिहीबार एक कार्यक्रम गरि पहिलो चरणमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललाई हातेमालो कार्यक्रम अन्तरगत १०५ पिस ‘नो पार्किङ’ बोर्ड र १० हेल्मेट हस्तान्तरण गरेको छ ।

    कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले अव्यवस्थित पार्किङलाई रोक्न, तालिका बनाएर भित्री सडकहरूमा एकतर्फी तालिका अनुसार पार्किङ गरिँदै आएको बताए ।

    तीव्र सहरीकरण वृद्धि भएको बुटवलमा ट्राफिक व्यवस्थापनको मुख्य समस्या रहेको उनले बताए । कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी नेपालका गभर्नर बालाराम भट्टराईले समुदाय लक्षित अभियानलाई जोड दिएको बताए ।

    दुर्घटना न्यूनीकरण गर्ने अभियानलाई यो वर्ष प्राथमिकता दिएर कार्यक्रम गर्न लागेको बताए । समुदायका अगुवाहरूलाई अग्रसर गरि सडक दुर्घटनाबारे अन्तरक्रिया, प्रचारात्मक र सचेतनामूलक अभियान चलाउने गरि संस्थाहरू बिच सहकार्य अघि बढेको उनले बताए ।

    कार्यक्रममा डिष्ट्रिकका सचिव एमएल पाण्डेले अहिले निमार्ण भएको बोर्ड पाँच वर्ष बढी समय चल्ने गरि निर्माण कम्पनीसँग सम्झौता गरि तयार गरिएको बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation