अख्तियार छापा मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा

  • काठमाडौँ,२८ असोज । मेलम्ची खानेपानी आयोजनाको काठमाडौँको अनामनगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा मंगलबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा महत्त्वपूर्ण कागजातहरू लिएर गएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
    उनका अनुसार खानेपानीको डक्टाइल पाइप खरिदमा अनियमितता भएको सम्बन्धमा परेको उजुरीमाथि छानबिन गर्न यस्तो कागजात मगाइएको हो । अनुसन्धानपछि थप आवश्यक कागजात ल्याउने उनले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation