सुरक्षा परिषद्को बैठकमा सुरक्षा अवस्थाका विषयमा छलफल

  • काठमाडौं,२७ असोज । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो २ बजे सुरक्षा परिषद्को बैठक बसेको छ। बैठकमा वर्तमान सुरक्षा अवस्थाको समग्र मूल्यांकन र आवश्यक तयारीका विषयमा विस्तृत छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा वर्तमान सुरक्षा अवस्थाका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए । प्रधानमन्त्री कार्कीले बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै, जनताको सुरक्षालाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएकी थिइन् । बैठकमा सम्बन्धित मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा परिषद् सदस्यहरूको उपस्थिति रहेको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation