
बुटवल,१२ असोज। नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको आइतबार बसेको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो। सिफारिसमा परेका अधिकृतमध्ये नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन शाखा, प्रधान नक्सालमा कार्यरत सुशील सिंह राठोर, मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषाका उमा प्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी महाशाखा टंगाल, काठमाडौँका हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीका डम्बर बहादुर बि।क।रहेका छन् ।