भैरहवाका नापी प्रमुख यादवलाई भ्रष्टाचार मुद्दा

  • भैरहवा,१३ भदौ । रुपन्देहीको भैरहवास्थित नापी कार्यालयका प्रमुख नापी अधिकृत सुग्रिव यादवले गैरकानूनी सम्पत्ती आर्जन गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ । यादवविरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा (आरोप पत्र) मुद्दा दायर गरेको हो । अख्तियार यादवलाई मात्रै होइन्, उनको परिवारका सदस्यलाई समेत प्रतिवादी बनाएको छ । आयोगले जारी गरेको विज्ञप्तीमा उनकी श्रीमती गायत्री यादब, छोराहरु सुधान्सु यादब र शुभम यादबलाई पनि प्रतिवादी बनाई अदालतमा मुद्दा दायर भएको छ ।अख्तियारले नापी प्रमुख यादवले ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको जनाएको छ । आयोगका अनुसार सार्वजनिक पद धारण गरेको मिति २०५३/०३/१३ गतेदेखि २०८१/०३/१६ गतेसम्मको जाँच अवधिमा ९ करोड ३ लाख ९५ हजार ४४४ रुपैयाँ आर्जन गरेको देखिएको तर सोही अवधिमा यादवले १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको खुल्न आएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation