रूबी साहको हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

  • काठमाडौँ,११ भदौ । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए ।
    उपचारका क्रममा बुधबार साँझ ६ बजेतिर पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहरा का अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
    रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनाका आरोपी पासवान जलेको अवस्थामा फेला परेका थिए।
    हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका(६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए।
    पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो। उनले रूबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए। मैले नै हत्या गरेको हुँ भनेका छन्,रौतहट प्रहरीले भनेको थियो।
    शरीरका विभिन्न भाग जले पनि पासवान बुधबार बिहानसम्म बोल्न सक्ने अवस्थामा थिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation