एकैसाथ ९ लायन्स क्लबको पदस्थापन

  • सिद्धार्थनगर,२७ साउन । लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ पी, एरिया ५ रिजन १८ अन्तर्गत रहेका जोन ३९ र ४० अन्तर्गतका ९ वटा क्लबहरुको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ, भैरहवा स्थित दरबार बैंकोटमा आयोजित कार्यक्रम वर्ष २०२५ /२६ का रिजन १८ का रिजन चियरपर्सन ला. अरुण पन्थीको अध्यक्षता तथा लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ पी नेपालका गभर्नर पीएमजेएफ ला. बालाराम भट्टराई ज्यु को प्रमुख आथित्यतामा सम्पन्न भएको हो।

    कार्यक्रमका २०२५/ ०२६ का अध्यक्षहरु लायन्स क्लब अफ भलवारीका ला. ध्रुब भण्डारी , लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीकि ला. अन्जु नेपाल, लायन्स क्लब अफ भलवारी सिटिका ला. ज्ञानेश थापा, लायन्स क्लब अफ भैरहवा वेस्टका ला. समिर पौडेल, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियलका ला. बिपिन कुमार शाह गुप्ता, लायन्स क्लब अफ मिडटाउन कोटिहवाका ला. निर्मल भण्डारी, लायन्स क्लब अफ भैरहवा लेगेसीका ला. राजन शुक्ला , लायन्स क्लब अफ नोबेल लेडिज ला. मथुरा भण्डारी घिमिरे र लायन्स क्लब अफ लुम्बिनी लाइटका ला. उमेश चन्द्र आचार्यको पदस्थापन गरिएको हो ।

    लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालका दित्तीय भाइस डिष्ट्रिक्ट गभर्नर ला. मिना पन्थीले ले ९ वटै क्लबमा भित्रिएका नयाँ सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउँदै लायन्स सदस्यताको सपथ गराएकी थिइन् । लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालका डिष्ट्रिक्ट गभर्नर ला. बालाराम भट्टराईले कार्यक्रममा ९ वटै क्लबका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको सपथ गराएका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालका डिष्ट्रिक्ट गभर्नर ला. बालाराम भट्टराईले नेतृत्व सर्ब प्रथम आफै बाट शुरुवात गर्नु पर्ने हुन्छ र आज यी नेतृत्वका हातहरु बाट लायन्स डिष्ट्रिक्ट ३२५ पी मा नया सदस्य ज्यु हरु लाई लायन्सको यात्रामा जोडीसक्नु भएको छ र डिष्ट्रिक्टले यही नेतृत्व बाट एमजेएफ र यनएलअफ को प्रतिबद्दता पनि पाइसकेको छ। नेतृत्वको परिणाम भनेकै व्यक्तिगत र सामुहिक प्रगति हासिल गर्नु हो भन्दै डिष्ट्रिक्ट ३२५ पी सदैब क्लब र सदस्यको साथमा रहने छ र आज समाज र राष्ट्रले अनुभूति गर्ने गरी लायन्सले कार्य गरिरहेको जानकारी गराउनु भयो।

    कार्यक्रममा एमजेएफ कन्ट्रीब्युसन ला. गजेन्द्र कोहार साथै एलसीआईयफ र यनएलअफ कन्ट्रीब्युसन संगै प्रतिबद्दता ब्यक्त गरेका लायन सदस्य ज्यु हरु लाई डिष्ट्रिक्ट गभर्नरले लिडरशिप पिन र गभर्नर पिन द्वारा सम्मान गर्नु भएको थियो , सोहि कार्यक्रममा लायन्स क्लब अफ लुम्बिनी लाइटको पहिलो क्लब बुलेटिन बिमोचन गरिएको थियो। उक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियलले जुलाई महिनामा धेरै सदस्य वृद्धि अवार्ड संगै जोन ३९ अन्तर्गत भैरहवा वेस्टले पहिलो रजिस्ट्रेसन, जोन ४० अन्तर्गत लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टीनियलले पहिलो रजिस्ट्रेसन र दुवै क्लबले धेरै सदस्य रजिस्ट्रेसन क्लब साथै लायन्स क्लब अफ लुम्बिनी लाइटले मोस्ट इनोवेटीभ क्लब को अवार्ड हात परेको थियो।

    कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर ला. पुरुशोत्तम प्रधानांग, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर ला. मिना पन्थी र पूर्व डिष्ट्रिक्ट गभर्नर ला. नवराज न्यौपाने, पूर्व डिष्ट्रिक्ट गभर्नर ला. अर्जुन मान सैंजु , एरिया ५ का चिफ ला. प्रशान्त पनि रामदम, डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट अफिसर ज्यु हरु सहित ९ वटै क्लबका अध्यक्ष लगायत पदाधिकारी र सदस्य ज्यु हरुको उपस्थिति रहेको थियो।

    जोन ३९ का जोन चेयरपर्सन ला. दुर्गा खाम्चा को स्वागत तथा जोन १८ का रिजन चियरपर्सन ला. अरुण पन्थीको धन्यवाद मन्तब्यमा सम्पन्न भएको कार्यक्रम, जोन ४० का जोन चेयरपर्सन ला. भोजराज बस्याल ज्यु ले संचालन गर्नुभएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation