ढाकावाङ्ग–रुपन्देही सम्पर्क समााजको साधारण सभा तथा तीज मिलन

  • बुटवल,२५ साउन । अर्घाखाँची ढाकावाङ्ग– रुपन्देही सम्पर्क समाज को दोस्रो साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । बुटवल बेलबासमा आयोजना गरिएको कार्यक्रममा कृष्ण प्रसाद खनालको अध्यक्षता तथा भुमिकास्थान रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेल्बासेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

    कार्यक्रममा धारापानी रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष राम प्रसाद भुषाल, भुमिका स्थान रुपन्देहि सम्पर्क समाजका उपाध्यक्ष ढुन्डीराज खनाल, सचिव गोविन्द खनाल, सदस्य योगेन्द्र खनाल, सदस्य मिना आचार्य सहित सल्लाहकार कमला प्रसाद खनाल, नारायण प्रसाद बन्जाडे लगायतको आतिथ्यता रहेको थियो ।

    कुशल कार्यक्रम सञ्चालक संस्थाका सचिव बाबु   भुषालको सञ्चालन रहेको कार्यक्रममा     संस्थाका सल्लाहकार बसन्तराज खनाल, प्रेम प्रसाद पौडेल, दिनामणी अधिकारी, घनश्याम पौडेल, तुलसीराम खनाल, कृष्णराज खनाल, भेषराज बन्जाडे, खेमराज खनाल लगायतको आतिथ्यता रहेको थियो ।

    साथै दोस्रोचरणमा आयोजना गरिएको तीज मिलन कार्यक्रममा जेष्ठ महिला सदस्य दुर्पता भट्राईले मौलिक तीज गीत गाएर कार्यक्रम शुभारम्भ गरेकी थिईन् । कार्यक्रमको सञ्चालन सावित्रख नाल तथा अध्यक्षता कार्यक्रम संयोजक एलिशा पौडेलले गरेकी थिईन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation