लायन्स क्लब अफ पाल्पा रानीमहलद्धारा फलफुल तथा जुस वितरण

  • बुटवल,१९ साउन । लायन्स क्लब अफ पाल्पा रानिमहलले तिर्थयात्रीहरुलागी पानी,जुस तथा फलफुल बितरण गरेको छ । कमलेश्रश्वर महादेव, टिन्टी आँप बाट रानीमहलको तिर्थयात्राको लागी जानुहुने बोलबम तिर्थयात्रीहरुर्ला सोमबार एक कार्यक्रमाको आयोजना गरि फलफुल तथा जुस बितरण गरेको हो । धर्म गरौँ पुण्य कमाऊ भन्ने भावनाका साथ समाजमा सामाजिक भावना पैदा हुने एक अर्का प्रतिको धार्मिक, आर्थिक, सामाजिक संस्कृतिको विकास हुने विश्वास लिएको क्लबका अध्यक्ष तुल वहादुर अधिकारी बताउनुभयो । फलफूल वितरणको कार्यले पछिल्लो पुस्तालाई समाज सेवामा लाग्ने प्रेरणा दिने अध्यक्ष अधिकारीले बताउनुभयो ।
    कार्यक्रमा पूर्व अध्यक्ष,तथा सदस्हरुको सहभीता रहेको थियो । लायन्स इन्टरनेशनलको हन्गर रिलिफ अन्र्तरगत करिव ५० जना तिर्थयात्रीहरुलाई फलफूल तथा जुस वितरण गरिएको कार्यक्रम संयोजक तथा नि बर्तामान अध्यक्ष राजेश कुमार भट्राईले जानकारी दिनुभयो । हामी सेवा गदछौ भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सधैं अगाडि बढ्ने हाम्रो लक्ष्य नै भएको क्लबका सचिव डा. सौरभ श्रेष्ठले बताउनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation