नमस्ते नेपालको दोस्रो महाधिवेशन भदौ ७ गते, लोगो सार्वजनिक

  • रूपन्देही,१९ साउन । सामाजिक संस्था नमस्ते नेपाल रूपन्देहीको दोस्रो महाधिवेशन यही भदौ ७ गते हुने भएको छ। स्थापना भएको १४ बर्ष भएको यस सस्थाले महाधिवेशनको तयारिमा जुतिरहेको छ भने त्यसको अवसरमा विशेष लोगो सार्वजनिक गरिएको छ। सार्वजनिक लोगोमा “२” अंकभित्र नेपालको नक्शा, संस्थाको स्थापना वर्ष २०६८, तथा हात जोडिएको ‘नमस्ते’ चिन्ह समावेश गरिएको छ, जसले राष्ट्रिय एकता र सामाजिक समर्पणको सन्देश दिन्छ।

    महाधिवेशनका संयोजक तथा नमस्ते नेपालका केन्द्रिय अध्यक्ष मनिष भुसालका अनुसार, संस्था स्थापना कालदेखि नै युवाहरुमाझ सक्रिय भूमिका खेल्दै आएको छ। हालसम्म संस्थाले मधेस, गण्डकी र लुम्बिनी गरी तीनवटै प्रदेशमा शाखा विस्तार गरिसकेको छ। विविध सामाजिक कार्य, युवा प्रेरणा कार्यक्रम र जनचेतनामूलक अभियानमार्फत संस्था लोकप्रिय बन्दै गएको अध्यक्ष भुसालले जानकारी दिए।

    महाधिवेशनमा देशभरबाट प्रतिनिधि, सामाजिक अगुवा, तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। आगामी कार्ययोजना, संगठन सुदृढीकरण र नेतृत्व चयनका विषयमा महत्वपूर्ण छलफल गरिने आयोजकले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation