रोट्र्याक्ट क्लब अफ बुटवल साउथ को अध्यक्ष इपल भण्डारी

  • बुटवल,११ साउन । रोट्र्याक्ट क्लब अफ बुटवल साउथको २२औं स्थापना दिवसको अवसरमा एक भव्य समारोहका बीच नयाँ कार्यसमितिले जिम्मेवारी ग्रहण गरेको छ। उक्त कार्यक्रम श्रावण ९ गते, २०८२ The SR Hotel मा आयोजित गरिएको थियो।

    कार्यक्रमको प्रमुख आकर्षण स्वरूप रोट्र्याक्ट वर्ष २०२५–२६ का लागि नव-निर्वाचित अध्यक्ष रोट्राक्टर इपल भण्डारीले पद तथा गोपनीयताको शपथ लिएर नयाँ कार्यकालको सुरुवात गर्नुभयो।

    समारोहका प्रमुख अतिथि अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेल हुनुहुन्थ्यो। उहाँले युवा नेतृत्वले राष्ट्र निर्माणमा पुर्‍याउने योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा रोट्र्याक्ट क्लबले अझ प्रभावकारी सामाजिक कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा पूर्व अध्यक्षहरू, विभिन्न रोटरी र रोट्र्याक्ट क्लबका प्रतिनिधिहरू, स्थानीय समुदायका अगुवा तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    यस अवसरमा क्लबको विगत वर्षको गतिविधिको समीक्षा गर्नुका साथै आगामी वर्षका योजना तथा कार्यक्रमहरूको समेत सार्वजनिक प्रस्तुति गरिएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation