लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि एरिया नम्बर ३ को पहिलो बैठक सम्पन्न

  • बुटवल,४ साउन । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि अन्र्तरगत एरिया नम्बर ३ को बर्ष २०२५/०२६ को पहिलो बैठक सम्पन्न भएको छ । बुटवल स्थित एसियन होटल मा शनिवार पूर्ण बैठकले बार्षिक कार्यायोजना ,तयारी र रणनीतिक योजना बनाउन बैठक बसेको हो । बैठकले लायन्स क्लबको सामाजिक उदेश्यलाई थप आमनागरिक समक्ष लैजाने, पिभिएसटि स्कुलिङ्ग कार्यक्रम,रिजन अन्तरगत क्लब इन्स्टलेसन, बृहत स्वास्थ सिबिर कार्यक्रम ,बृहत रक्तदान कार्यक्रम ,मेलबिन्स जोन डे कार्यक्रम ,फेलोसिप तथा खेलकुद कार्यक्रमहरु तथा विभिन्न कार्यक्रमको सम्योजक ,लायन्सको अभियानमा जोडिने नागरिकको संख्यामा बृद्धि गर्ने र क्लबको संख्या बढाउने निर्णय गरेको छ । बैठकमा सभापति एरिया नम्बर ३ का एरिया चिफ कृष्ण प्रसाद पान्डे,प्रमुख अतिथि जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठ,अतिथि सिनियर डिस्ट्रीक एड्भाइजर शान्ति पाठक पान्डे ,एरिया को चिफ रोमनाथ ढकाल ,एरिया ट्रेजर महेश न्योपाने ,५ जना रिजन चियरपर्सहरु, १२ जना जोन चियरपर्सनहरु, ३८ वटा क्लबका अध्यक्षहरुको उपस्थिति रहेको थियो । एरिया चिफ कृष्ण प्रसाद पान्डेले भावी रणनीतिबारे लायन्सका विभिन्न पदाधिकारीबीच छलफल गरेका थिए । कार्यक्रम सन्चालन एन्जिल खानले गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation