भ्रष्टाचारविरूद्ध राप्रपाको अभियान : साउन २ अख्तियारलाई ज्ञापनपत्र बुझाउने

  • काठमाडौँ,३२ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले शुक्रबार(साउन २) भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई ज्ञापनपत्र बुझाउने भएको छ । भ्रष्टाचारका काण्डहरू बढ्दै गएको भन्दै राप्रपाले प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेको हो ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा शुक्रबार अख्तियारको कार्यालय पुग्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
    गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो सरकारका मन्त्रीहरू र उच्च पदस्थ कर्मचारीहरू एकपछि अर्को भ्रष्टाचारका काण्डमा संलग्न भइरहेको घिनलाग्दो समाचारहरू दिनहुँजसो आइरहेको छ। राप्रपाले साउन २ गते शुक्रबार दिउँसो १स्०० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका सबै काण्डहरूको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन आयोगको केन्द्रीय कार्यालय टंगालमा भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र पेस गर्ने कार्यक्रम तय रहेको श्रेष्ठले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation