रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा “रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष” शुभारम्भ

  • भैरहवा ,२८ असार । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ११औँ पदस्थापन समारोहका अवसरमा “रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष” को औपचारिक शुभारम्भ गरिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर रोटेरियन विष्णु बहादुर कार्कीले उक्त छात्रवृत्ति कोषको शुभारम्भ गर्दै शिक्षा क्षेत्रमा गरिएको यो दूरदर्शी पहलले आर्थिक रूपमा विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा रोटरी वर्ष २०२६–२७ का लागि क्लबका अध्यक्ष रोटेरियन गंगाधर भण्डारी पदस्थापित हुनुभएको थियो। आफ्नो सम्बोधनमा अध्यक्ष भण्डारीले “रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष” लाई क्लबको दीर्घकालीन सामाजिक उत्तरदायित्वको महत्वपूर्ण अभियानका रूपमा अघि बढाइने बताउँदै, कोषबाट प्राप्त हुने ब्याज रकममार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो।
    यस कोषमार्फत दुर्गम तथा आवश्यकतामा रहेका विद्यालयहरूमा ह्याप्पी स्कूल परियोजनालाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने क्लबको लक्ष्य रहेको छ। कार्यक्रमका सहभागीहरूले यस अभियानलाई रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ऐतिहासिक तथा दीर्घकालीन प्रभाव पार्ने पहलका रूपमा प्रशंसा गरेका थिए।रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी
    क्लब आईडी: ८८०३५ | रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation