डाइभर्सन बगाएपछि बुटवल -नारायणगढ सडक अवरुद्ध

  • बर्दघाट,१६ जेठ। शुक्रबार बिहानको अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि दाउन्ने, दुम्किवासमा बिनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको छ। अरुणखोलाका विभिन्न स्थानमा सवारी साधनहरु बाटोमै रोकिएका छन्।
    यसैगरी खोर्सानी खोलामा आएको बाढीले पूर्वबाट पश्चिमतर्फ गइरहेको लु३च ८४९३ नम्बरको तरकारी बोकेको बलेरो जिप समेत बगाएको छ।प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार जिप बगाए पनि मानवीय क्षति भने नभएको र खोला घट्न नसक्दा सडक खुलाउन कठिन भएको बताए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation