काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज आपत्‌कालीन अवतरण

  • काठमाडौं,५ जेठ । काठमाडौंबाट लुक्ला लागि उडेको समिट एयरको जहाज आपत्कालीन अवतरण गरिएको छ।
    सोमबार बिहान लुक्ला उडेको समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो।
    त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान ७स्२४ बजे उक्त जहाजलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।
    इन्जिनमा समस्या आएपछि फेरि काठमाडौं डाइभर्ट गरिएको थियो। विमानस्थलमा सुरक्षित अवतरण भयो, शेर्पाले भने।
    जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु थिए। यात्रुहरू सबै सुरक्षित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation