
दमौली ,२२ फागुन। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहभित्रको काम पूरा भएको छ ।
आयोजनाको प्याकेज २ अन्तर्गत विद्युत् गृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । हेडरेस टनेल खनेरपेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङ भइरहेको छ । प्याकेज २ मा हालसम्म ६६ प्रतिशत भौतिक प्रगति भएको छ । ३ वटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्मको समग्र भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । वन क्षेत्रका कारण विलम्ब भएको आयोजना प्रमुख भण्डारीको जानकारी दिए ।