
बुटवल, फागुन ।शुक्रबार बिहान ३ बजेतिर काठमाडौँसहित देशभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ।
एक बिहानै भूकम्पको कडा धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।
राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ।
भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।
यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेको छ।