दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

  • काठमाडौँ,९ मंसिर । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा डा.मनोजकुमार के.सी.को बढुवा तथा नियुक्तिविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
    न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै निवेदक दानबहादुर कार्कीले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो इजलासले दिएको आदेशमा प्रत्यर्थीमध्येका डा। केसी नेपाल सरकारको गत कात्तिक १८ को निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी पदको कार्यभारसमेत सम्हालिसकेको मिसिलबाट देखिएको उल्लेख छ । सोहीबमोजिम प्रत्यर्थीहरूबाट लिखित जवाफ परेपछि वा लिखित जवाफ पेस गर्ने अवधि व्यतीत भएपछि ७ दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्व सूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ । निवेदक कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, प्रहरी प्रधान कार्यालय र डा।मनोजकुमार के।सी।समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation