काठमाडौँ,९ मंसिर । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा डा.मनोजकुमार के.सी.को बढुवा तथा नियुक्तिविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै निवेदक दानबहादुर कार्कीले माग गरेबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो इजलासले दिएको आदेशमा प्रत्यर्थीमध्येका डा। केसी नेपाल सरकारको गत कात्तिक १८ को निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझी पदको कार्यभारसमेत सम्हालिसकेको मिसिलबाट देखिएको उल्लेख छ । सोहीबमोजिम प्रत्यर्थीहरूबाट लिखित जवाफ परेपछि वा लिखित जवाफ पेस गर्ने अवधि व्यतीत भएपछि ७ दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्व सूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ । निवेदक कार्कीले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, प्रहरी प्रधान कार्यालय र डा।मनोजकुमार के।सी।समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छः मुख्यमन्त्री आचार्य










