बुटवल,८ मंसिर । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालको दोस्रो क्याबिनेट मिटिङ आगामी नोभेम्बर २८, २०२६ (मंसिर १२ गते), शनिबार पाल्पामा आयोजना हुने भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा हुन लागेको उक्त महत्वपूर्ण बैठक पाल्पाको तानसेन नगरपालिका–९, दमकडास्थित होटल बरबरी भिलेज रिसोर्टमा सम्पन्न हुनेछ।
डिष्ट्रिक्टको संस्थागत गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यसहित आयोजना हुन लागेको दोस्रो क्याबिनेट मिटिङमा डिष्ट्रिक्टका विभिन्न तहमा नेतृत्व गरिरहेका लायन्सका पदाधीकारीहरु सदस्यहरु , लियोका सदस्हरु सहभागिता रहने छ।
बैठकमा डिष्ट्रिक्टअन्तर्गत सञ्चालन भइरहेका गतिविधिहरूको समीक्षा, विगतका कार्यक्रमहरूको उपलब्धि, आगामी कार्ययोजना तथा सामाजिक सेवाका अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने लायन्स इन्टरनेशनल ३२५ पि का गर्भनर संन्दिप कसौधनले जानकारी दिनुभयो । लायन्स इन्टरनेशनल विश्वव्यापी रूपमा मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायको आवश्यकतामा आधारित सेवामूलक कार्यका लागि परिचित अन्तर्राष्ट्रिय संस्था हो। ‘We Serve’ ’ अर्थात् ‘हामी सेवा गर्छौँ’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै लायन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, दृष्टि सेवा तथा विभिन्न मानवीय सहयोगका क्षेत्रमा निरन्तर काम गर्दै आएको गर्भनर कसौधनले बताउनुभयो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो डिष्ट्रिक्ट क्याबिनेट बैठकमा बैठकमा प्रतिनिधिसभा सदस्य तथा संघीय संसद् नेपालका सभामुख सम्माननीय डोलप्रसाद अर्यालको प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ।प्रमुख अतिथि डोलप्रसाद अर्यालको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाउने आयोजकको अपेक्षा छ। सामाजिक सेवामा क्रियाशील लायन्स नेतृत्व र जनप्रतिनिधिबीच अनुभव, विचार तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्ने अवसरका रूपमा समेत बैठकलाई हेरिएको छ।
पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा प्रमुख वक्ताका रूपमा सहभागी हुने
बैठकमा नेपाल सरकारका पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। प्रशासनिक तथा आर्थिक क्षेत्रको लामो अनुभव हासिल गर्नुभएका बास्कोटाले बैठकमा नेतृत्व, सुशासन, संस्थागत व्यवस्थापन, आर्थिक अनुशासन तथा सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
उद्योगपति वरुण चौधरी दोस्रो क्याबिनेट बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी हुँदै
विशिष्ट अतिथिका रूपमा सहभागी हुन लागेका उद्योगपति वरुण चौधरीको उपस्थितिले सामाजिक सेवा, निजी क्षेत्रको भूमिका, उद्यमशीलता तथा समुदायको आर्थिक र सामाजिक विकासका विषयमा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
लायन्स इन्टरनेशनल विश्वकै अग्रणी सामाजिक सेवा संस्थामध्ये एक हो।
बैठकमा विगतमा सञ्चालन गरिएका सेवा गतिविधिहरूको समीक्षा, आगामी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन, क्लबहरूको संस्थागत सुदृढीकरण, सदस्यता विस्तार, नेतृत्व विकास र सामाजिक सेवाका नयाँ सम्भावनाबारे छलफल हुने छ।
विशेषगरी स्थानीय आवश्यकता पहिचान गरी समुदायमा प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्ने, युवाहरूलाई सामाजिक सेवामा आकर्षित गर्ने, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने र विपद्का समयमा छिटो तथा प्रभावकारी रूपमा मानवीय सहायता पुर्याउने विषयले बैठकमा प्राथमिकता पाउने अपेक्षा गरिएको छ। एरिया २ अन्तर्गतका सम्पूर्ण लायन्स क्लबहरूको संयुक्त आयोजनामा हुन लागेको हो। एरिया २ का एरिया चिफ कोडिनेटर शुरेस कुमार भट्राईका अनुसार बैठकलाई केवल औपचारिक जमघटका रूपमा मात्र नभई लायन्स सदस्यहरूबीच अनुभव आदानप्रदान, नयाँ सोचको विकास, आपसी एकता र सेवामूलक अभियानलाई परिणाममुखी बनाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको जानकारी दिनुभयो।
पाल्पाको ऐतिहासिक तथा पर्यटकीय वातावरणमा आयोजना हुन लागेको यस बैठकले जिल्लाको सामाजिक तथा संस्थागत गतिविधिमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड











