काठमाण्डौ,२ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ओपनिङ ब्याटर कमिशल मिशाराको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको हो । चितवनका लागि श्रीलंकाका अन्तर्राष्ट्रिय क्रिकेटर कमिल मिसराले अविजित १२० रनको शतकीय इनिङ्स खेले। उनले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गरे। उनको स्ट्राइक रेट २०३।३८ रह्यो।
सिजनको यो दोस्रो शतक हो। यसअघि पोखराका युवराज सिंह समराले पनि शतक बनाएका थिए। मिसराको यो स्कोर एनपिएलकै सर्वाधिक रन समेत हो। उनले यसअघि कर्णाली याक्सबाट मार्क वाटले बनाएको ११३ रनको रेकर्ड पछि पारेका हुन्।
२५ वर्षीय मिसराले श्रीलंकाको राष्ट्रिय टोलीबाट एक टेस्ट, ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
चितवनको सुरुआत भने राम्रो हुन सकेन। टोलीले २२ रन जोड्दा देव खनाल ९१७ रन० र डेभिड मलान ९शून्य० लाई गुमाएको थियो। दुवै विकेट करण केसीले लगातार लिए। त्यसपछि तेस्रो विकेटका लागि कमिल मिसरा र कप्तान रवि बोपाराबीच ९१ बलमा १५४ रनको उत्कृष्ट साझेदारी भयो। यही साझेदारीले चितवनलाई विशाल योगफलतर्फ डोर्यायो।बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाए। उनी १८।३ ओभरमा राशिद खानको बलमा बोल्ड भए। त्यसपछि विवेक यादवले आक्रामक ब्याटिङ गर्दै ३ बलमा २ चौकासहित ८ रन बनाए। उनी पनि राशिदकै बलमा आउट भए। कुशल मल्ल भने १ बल खेलेर अविजित रहे। काठमाडौंका लागि करण केसी र राशिद खानले समान २–२ विकेट लिए। करणले ४ ओभरमा ३२ तथा राशिदले ४ ओभरमा ३८ रन खर्चिए।
चितवनले अन्तिम ५ ओभरमा २ विकेट गुमाएर ६४ रन जोडेको थियो।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छः मुख्यमन्त्री आचार्य










