दानबहादुर कार्कीको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी

  • काठमाडौं,२ मंसिर । दानबहादुर कार्कीले आफूलाई गैरकानूनी रूपमा आईजीपी पदबाट हटाइएको दाबीसहित रिट निवेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको छ ।
    सर्वोच्च अदालतले कार्कीको माग बमोजिम ‘उनलाई किन आईजी पदमा पुनर्बहाली नगर्ने ?’ कारण भए पेश गर्नु भनी सरकार लगायत विपक्षीहरूका नाममा आदेश दिएको हो ।
    न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।
    पहिलो, अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेपनि सर्वोच्च अदालतले दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय हुनुपर्ने भनेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation