कावासोतीको लोकाहामा बस दुर्घटना हुँदा ३३ जाना घाइते

  • नवलपरासी,३० कार्तिक । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेहरूको सङ्ख्या ३३ पुगेको छ । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६: ४० बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।
    बस दुर्घटना हुनासाथ तत्काल २५ जना घाइतेको सङ्ख्या खुलेको थियो भने हाल उक्त दुर्घटना परी घाइते हुनेको सङ्ख्या ३३ पुगेको प्रहरीले जिल्ला प्रहरीकार्यालय नवलपरासी जनाएको छ । बसमा ४१ जना सवार रहेको र दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि एक जनालाई पुरानो मेडिकल कलेज भरतपुर र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation