पटाका पड्काउदा एक बालकको मृत्यु

  • वीरगन्ज २३ कार्तिक । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका रामगुलाम सहनीका छोरा कुन्दन सहनी रहेका छन्। उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा रामगुलाम सहनीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सोमबार बिहान घरअगाडि पटाका पड्काउने क्रममा बालकको आगोले पोलेर गम्भीर घाइते भएका कुन्दनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको बताए । उनले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation