सडक दुर्घटनाबाट रुपन्देहीका एक पत्रकारको मृत्यु

  • परासी ,१३ कार्तिक ।नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा ट्रकको ठक्करबाट रुपन्देही तिलाेत्तमाका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ।
    शुक्रबार दिउँसो करिब १२:१० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
    दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४० देखि ५० वर्षका पोखरेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्‍याइएकोमा चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए।
    पोखरेल रुपन्देहीमा पत्रकारितामा सक्रिय थिए। उनले अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।
    दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation