अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

  • सुर्खेत,३१ असोज । जाजरकोटमा शनिबार दिउँसो भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८, मालुवामा लु प्र ०१—००१ ह ०५२९ नम्बरको अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विक रहेका छन् ।
    दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ का ३८ वर्षीय गोपाल परियार तथा अटो चालक रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ का २२ वर्षीय करण परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।घाइतेको उद्धार गरेर अस्पताल पठाइसकिएको छ भने दुई जनाको अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation