छोरा हराएको खबर गर्दा हवल्दारमाथि गालीगलौज गर्ने प्रहरीमाथी छानबिन सुरु

  • रौतहट,५ मंसिर ।  जिल्ला प्रहरी कार्यालय रौतहटमा छोरा  हराएको जानकारी गराउन फोन गरेका एक प्रहरी हवल्दारमाथि आफूलाई सई बताउँदै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि रौतहट प्रहरीले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोमाथि यस्तो आरोप लागेको हो ।
    घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाउँदै सत्य तथ्य छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation