पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी

  • काठमाडौं,३ मंसिर ।पूर्वमुख्य सचिव एकनारायण अर्यालविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
    सिआइबीले अर्यालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो।
    वैदेशिक रोजगारी (मलेसिया) जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनीविरूद्ध पक्राउ पुर्जी लिइएको हो।
    यस प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई सिआइबीले बुधबार नियन्त्रणमा लिएको थियो।
    मलेसियन सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोपमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation