नवलपरासी,३० कार्तिक । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा घाइते हुनेहरूको सङ्ख्या ३३ पुगेको छ । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६: ४० बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको हो।
बस दुर्घटना हुनासाथ तत्काल २५ जना घाइतेको सङ्ख्या खुलेको थियो भने हाल उक्त दुर्घटना परी घाइते हुनेको सङ्ख्या ३३ पुगेको प्रहरीले जिल्ला प्रहरीकार्यालय नवलपरासी जनाएको छ । बसमा ४१ जना सवार रहेको र दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि एक जनालाई पुरानो मेडिकल कलेज भरतपुर र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छः मुख्यमन्त्री आचार्य










