प्रधानमन्त्रीको निजी सचिवालयमा जिम्मेवारी हेरफेर

  • काठमाडौं ,२९ कात्तिक। प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा नियुक्तहरू मध्ये केहीको जिम्मेवारी हेरफर गरेका छन् ।
    प्रधानमन्त्री पुनर्गठित सचिवालयमा कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार, असीम शाह राजनीतिक सल्लाहकार र जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार , विकास तथा मन्त्रालयगत समन्वय संयोजकमा सञ्जिव पाण्डे तोकिएका छन् । सन्तोष गिरी अन्तर निकाय समन्वय संयोजक, विशाल अधिकारी सरकारी मामिला तथा योजना समन्वय संयोजक, दीपा दाहाल मिडिया व्यवस्थापन संयोजक र विश्व राई सामाजिक विकास समन्वय संयोजक ,नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल , विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रुपमा कार्यरत छन् ।
    प्रधानमन्त्री शाहका दुई जना स्वकीय सचिव सुवास शर्मा , नवीन भण्डारी स्वकीय सचिवका रुपमा कार्यरत छन् । पाँच जनालाई उपसंयोजक तोकिएको छ । उपसंयोजकहरूमा सुसन गौतम नागरिक उड्ययन समन्वय, रवि किरण अधिकारी सामाजिक विकास समन्वय, प्रकृति ढकाल स्वास्थ्य समन्वय, विनय शाक्य संस्कृति सम्पदा समन्वय र दिपक प्रसाद ओली नीति मस्यौदा अध्ययन तोकिएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation