विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

  • काठमाडौँ, २९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ । मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेकोे मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले सोही दिन नियुक्ति पत्र बुझेको जानकारी दिए । त्यसपछि तिहार र छठ पर्वको सेमत लामो विदा परेका कारण उनी कार्यालय हाजिर भने भएका छैनन् । उनको कार्यकक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ ।तर पूर्वप्रहरीमहानिरीक्षक कार्कीले भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation